महिला क्रिकेटमा आज नेदरल्याण्ड र थाईल्याण्ड भिड्ने

साझा प्रेस
50
Shares

महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेदरल्याण्ड्स र थाइल्याण्डको खेल्दैछन्।

खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुनेछ। सिरिजमा नेदरल्याण्ड्स लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेल खेल्दै गरेको थाइल्याण्ड जितका साथ सिरिज सुरु गर्न चाहन्छ ।

नेदरल्याण्ड्सले बिहीवार भएको पहिलो खेलमा आयोजक नेपाललाई पराजित गरेको थियो । नेदरल्याण्ड्सले नेपाललाई २० रनले पराजित गरेको थियो ।

महिला टि ट्वान्टी आई वरियतामा थाइल्याण्ड १३औं‌, नेदरल्याण्ड्स १६औं र नेपाल २०औं स्थानमा छ ।

सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले दोस्रो खेलमा शनिवार थाइल्याण्डसँग खेल्नेछ ।