आदरणीय कवि चन्द्र गुरुङद्वारा लिखित “जहाँ आमाहरु कहिल्यै निदाउदैनन्”अनुवादित कविता कृति भर्खरै मात्रै पढिसकाएँ। यस कृतिमा ३९ कविहरुकाे कविता सहित लामा छाेटा गरि जम्मा ७० वटा कविताहरुकाे सँगालाे रहेकाे छ। यस कृति भित्र इजरायल र लेवनानवीचकाे युद्धले त्याे देशका सर्वसाधारण नागरिकहरुकाे हत्या भएकाे प्रतिकाे ददर्नाक अवस्थाकाे व्याख्यान छ । त्यसले विश्वलाई नै थररररररररर मुटु कमाएकाे छ ।
त्यस वीचमा प्यालेस्टाईनीहरुले युद्धकै विषयलाई लिएर कविता मार्फत पर्दाफास गरेकाे छन् भने कुनै कविहरुकाे कलमकाे मसीमा जिन्दगी रगताम्य भएका कुरालाई विश्वा सञ्जालभरि फैलिएका खबर हरेक समाचार पत्रकाे शीर्ष समाचार बनेका छन् ।कति श्रमिक निर्दाेष जनताहरुकाे हत्या भएकाे खबरले हामीलाई आक्रान्त भएकाे बेला प्यालेस्टाईनीहरुकाे कलमलाई नेपालीलाई समेत बुझाएर आलाे घाउमाथि सान्त्वना, दीनहरुमाथिकाे प्रार्थना गर्न गराउन कवि चन्द्र गुरुङ ज्यूले कृति मार्फत जिम्मेवारी दिनुभएकाे छ।
यस कृतिमा जम्मा १२८ पृष्ठकाे रहेकाे छ । कृति आफैमा सुन्दर त छ नै तर पढदै जादा यस कृतिले हामी नेपालीलाई समेत नेपालभित्रकाे हाम्राे विगतलाई समेत सम्झने बाध्य बनाउँछ ।तर याे कवि चन्द्र गुरुङले चाल्नु भएकाे पाईलाले पक्कै सबैकाे प्रार्थनाले युद्धबिराम हुने घाेषणा हुने छ।
साहित्य त्यस्ताे शक्ति हाे जाे मानवकाे कल्पनाभन्दा बाहिरका कुरालाई समेत सम्भव गराउछ ।यहाँ कविता मा भनिएकाे छ सारा ब्राह्मण्डलाई डुबाउनु पर्छ अनि मात्र शान्त हुन सक्छ भन्ने भावकाे कविता यस प्रकार छ।
“कविताकाे काम आँसु पुछ्ने हाेईन
कविताले त खाडल खन्नुपर्छ
जहाँबाट पाेखिएर
उसले ब्रह्माण्डलाई डुबाउन सक्नेछ।पृ ३३”
युद्धले आक्रान्त बनेकाे प्यालेस्टाइनीहरु शान्ति खाजिरहेकाे कुरालाई कवितामा अब कतै पनि शान्ति छैन ।मरेका लासलाई समेत बम ,बारुद र गाेलीका आवाजले ब्यूँताउने कुरालाई यसरी कवितामा भनिएकाे छ।
“अब मर्नका लागि पनि शान्त ठाउँ पाइनेछैन
सम्मानपूर्वक बिदाइ गर्नका लागि ।पृ ३४”
युद्धमा मारिएका परिवार शाेकमा डुबेका छन् ।अब ती बाँचेका परिवारले निर्दाेष आफन्त अब पाउने छैनन् ।केवल उनीहरुप्रतिकाे श्रद्धाभाव बाहेक कवितामै शाेक र सम्झना व्यक्त गरिएकाे कुरालाई यसरी भनिएकाे छ।
“मात्रै मसँग छ
अगाध ,अटल,विस्वास र अनन्त प्रेम
विपत्तिले मारिएका आफ्ना मानिसका लागि।पृ ४७”
आफ्नाे देश र देशका नागरिकहरुप्रति भविष्यकाे सुन्दर कल्पना गर्दै आफू युद्धरत वीरहरुले पक्कै देशकाे सीमालाई जाेगाएर देशकाे नागरिक सकुशल बचाउन प्रण गरेकाे छ र प्रतीकात्मक रुपमा आफ्नाे पनि सम्मान हुने आशा राखेकाे छ ।कवितामा यसरी भनिएकाे छ
“म कसम खान्छु कि
आउने समयले सुरक्षित राख्नेछ
मेराे मकैकाे खेती। पृ ७६”
मार्ने ,मर्ने र समाउने प्रक्रिया निरन्तररुपमा जारी छ ।अब कुन कैदीलाई मार्ने कस्लाई पक्राउ गर्ने हाे र पनि देश र देशबासीलाई बचाउन तैनाथ रहने झिनाे आशा राख्दछ जेलरहरु पनि ।
“फेरि थुनियाे एउटा काेठरी
फेरि मारियाे कुनै कैदी
फेरि खुल्छ एउटा काेठरी
फेरि ल्याइएकाे छ कुनै बन्दी ।पृ ७९”
पक्कै पनि भविष्यमा युद्धले राम्राे गर्दैन युद्धले शिक्षा, स्वास्थ्य र आवासलाई ध्वस्त पार्छ ।ती कुराहरुले भरखरका बच्चाहरुकाे कलिला मस्तिष्कमा असर पार्दछ ।त्यसलाई बालमस्तिष्कमा स्थायी हुने कुरा यसरी प्रस्ट्याएकाे छ।
“बच्चाहरु गन्ती गरेर सडकलाई याद गर्छन कि
आक्रमणमा कति घर र विद्यालय ध्वस्त पारिएका छन
कति बाआमाहरु घाईते भए
या पक्राउ गरि जेलमा हालिए ।पृ ९०”
युद्धले त्राही पारी राेएर आँखामा आँसु सुकिसक्याे तर अझै युद्ध राेकिएकाे छैन ।बम ,बारुद र गाेलीले ध्वस्त पर्खाल अनि जिउदाे लासझै आक्रान्त मनहरुप्रति यस्ताे छ ।
“मेराे वरिपरि केही छैन
तर छन् माैन पर्खालहरु
र विना आवाज राेइरहेका मानिसहरु ।पृ ९६”
जब कुनै शान्त र बिवादरहित ठाउँ छ भने त्याे आकाश हाे ।जहाँ कसैकाे स्वामित्वमा छैन ।त्यहा मरेकाे लासलाई गाड्ने कल्पना र माग सहित युद्धबिरामकाे माग गर्दछ प्यालेस्टाइनीहरु ।जब एउटै आकाशमुनि रहेर पनि किन त विवाद? कस्काे लागि? हामी जहाँ रहे पनि माटाे उहीँ हाे ।मानव उहीँ हाे भन्ने तर्क कवितामा यसरी प्रस्तुत छ।
“जब म मर्नेछु
मलाई आकाशमा गाडिदिनुस
अहिलेलाई याे शान्त छ
यसमाथि कसैकाे स्वामित्त्व
र कसैले दाबी गरिरहेकाे छैन ।पृ १२४”
नेपाललाई हामी शान्तिकाे देशकाे रुपमा चिन्छाैँ।तर यस कृति पठन गरिरहदा यदाकता विगतलाई सम्झाउँछ ।शक्तिशाली देशले हाबी गर्दा हाम्राे जस्ताे साना देश नेपाल भाेलिकाे दिनमा यस्ताे नहाेला भन्न सकिन्न।
यस कृतिले हामी पूर्व सावधानीका रुपमा पनि सम्झाईरहेकाे आभाष दिन्छ ।चन्द्र गुरुङकाे याेगदान भानुभक्तले नेपाली साहित्यमा दिएकाे याेगदान भन्दा कम छैन ।जस्ले प्यालेस्टाईनीहरुकाे कलमले दर्द बाेलिरहेकाे कुरालाई नेपाल सामु उभाउनु भयाे ।चन्द्र गुरुङ आफैमा नामजस्तै शान्त, शालिन भएझै सधै शीतलताले मन छाेईरहाेस कलमकाे क्षेत्रमा जूनझै शीतलता छाईरहाेस अझै शुभकामना।।
इजरायल र लेवनानावीचकाे युद्ध विराम सम्झाैता भएकाे छ याे खुसीकाे खबर हाे।युद्ध विराम मिति सन् २०२४ नाेभेम्भर २६(२७ बाट लागू)
।।इतिश्री।
प्रतिक्रिया