अदालतको आदेश पछि सुर्यदर्शन सहकारी ठगी प्रकरणका ३ जनाले धरौटी बुझाएर रिहा भएका छन् ।
आज बिहिबार जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी गठी प्रकरणमा पक्राउ परेका ७ जनालाई आज फरक फरक धरौटी रकममा छाड्ने आदेश दिएको हो । आदेश पछि
सहकारी सञ्चालक समितिका पूर्व सदस्य कृष्ण गुरुङ, पूर्व उपाध्यक्ष मीना गुरुङ र पूर्व कोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् । उनिहरु मध्ये कृष्णलाई १ लाख, मीना र आरतीलाई ५÷५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतको आदेश लगत्तै धरौटी वापतको रकम जम्मा गरेर उनीहरु छुटेका हुन् । अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेलाई समेत ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
तर, काठमाडौं लगायतका जिल्लामा पनि अरु मुद्दा भएकाले उनी तत्काल छुट्ने अवस्थामा छैनन् । कास्कीबाट छुटे लगत्तै लामिछानेलाई काठ्माण्डौ ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया