तिब्बतको भुकम्पमा परी मर्नेको संख्या ९५ पुग्यो

साझा प्रेस
0
Shares

चिनको तिब्बत क्षेत्रमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३० जना घाइते भएका छन् ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८।५ डिग्री उत्तर अक्षांश र ८७।४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६।८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।