तिब्बतमा भुकम्पमा परी मर्नेको संख्या ५३ पुग्यो

साझा प्रेस
700
Shares

तिब्बतको पहाडी क्षेत्रमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ६२ जना घाइते भएका छन् ।

तिब्बतको सिगात्से सहरमा आज बिहान गएको ७.१ म्याग्निच्युड क्षमताको भूकम्पको १० किलोमिटर (छ माइल) गहिराई रहेको अमेरिकी भूगर्भ सर्वेक्षणको तथ्याङ्कले जनाएको छ ।

भुकम्पले जनधनको क्षति पुर्याएपछि चिनका उद्धारकर्मीहरूले भग्नावशेष हटाउने, मृतक तथा घाईतको उद्धार तथा पिडितहरुलाई राहत सामाग्रि बितरण कार्य शुरु गरेका छन् ।

भुकम्प पश्चात त्यस क्षेत्रमा विद्युत र पानी दुवै अवरुद्ध भएको छ ।

चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर, आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।