लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर ठुलो दुर्घटनाबाट जोगिएको छ । आज दिउँसो काठ्माण्डौका लागि उडेको हेलि एभरेष्टको नाईन एन एकेजी कलसाईन रहेको हेलिकोप्टरमा चरा ठोक्किए पछि चालकले सकुशल अवतरण गराउन सफल भए ।
भक्तपुरको साँगा नजिकै आईपुग्दा हेलिकोप्टरमा चरा ठोक्किए पछि पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा जहाज अवतरण गराएको कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए । विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार थिए । हाल उनिहरुको अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया