१८१ यात्रु बोकेको विमान दक्षिण कोरियाको एक विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको कोरियाको दमकल सेवाले जनाएको छ ।
विमान धावनमार्गबाट बाहिर निस्केर देशको दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको बिबिसीले जनाएको छ ।
१७५ यात्रु र ६ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ । अहिलेसम्म दुई जना जीवितै फेला परेका छन् र उद्धार कार्य अझै जारी छ ।
आपतकालीन सेवाहरूले विमानको पुच्छर भागमा रहेका मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिरहेका थिए, विमानस्थलका एक अधिकारीले भने । योनहाप समाचार एजेन्सीका अनुसार जहाजमा रहेका यात्रुहरूमा १ सय ७३ दक्षिण कोरियाली र दुई जना थाइ नागरिक थिए ।
दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन, तर स्थानीय सञ्चारमाध्यमले विमानको प्रणालीमा चरा फसेका कारण भएको हुनसक्ने बताएको छ ।
प्रतिक्रिया