नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको पहिलो बैठक सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा बसेको बैठकले पत्रकारहरूको पेसागत हकहित, क्षमता अभिवृद्धि तथा मिडियाको सबलीकरणमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आगामी माघको पहिलो साताबाट १४ वटै जिल्ला शाखामा पत्रकारहरूको समस्या पहिचानका लागि अन्तरक्रिया कार्यक्रम गर्नका साथै प्राप्त सुझावको आधारमा भावी कार्य योजना तय गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी महासचिव हिमाकुमारी चेम्जोङले जानकारी दिइन।
उनका अनुसार बैठकले समाचारको विषयलाई लिएर धरानका पत्रकार गोपाल दाहाललाई ज्यान लिनेसम्मको धम्की आइरहेको सन्दर्भमा महासङ्घ केन्द्रले गठन गरेको मिसन टोलीलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।
यस्तै महासङ्घको निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरिएको नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले जनाएको छ ।
प्रतिक्रिया