खाँदवारि किमाथांका सडकको बिषयमा मन्त्री स्तरीय छलफल

साझा प्रेस
350
Shares

राष्ट्रिय गौरवको आयोजना खाँदवारि किमाथांका सडक खण्डको विषयमा मन्त्री स्तरीय छलफल भएको छ ।

शुक्रबार रक्षा मन्त्रालयमा रक्षा मन्त्री मानवीर राई, उर्जामन्त्री दीपक खड्का र महासेनानी धर्मेन्द्र झा बिच छलफल भएको हो ।  रक्षा मन्त्री राईले खाँदवारि किमाथांका सडक खण्ड निर्माण कार्यको विषयमा जानकारी लिँदै स्थलगत अवलोकन तथा निरीक्षणका लागि आयोजना स्थलतर्फ जाने योजना रहेको रक्षा मन्त्रीको सचिवालयले जनाएको छ ।

कुल लम्बाइ १ सय ५८ किलोमिटर रहेकोमा विसं २०७६ साल भदौ २२ गते बसेको मन्त्री परिषद्को निर्णय अनुसार नेपाली सेनालाई १४ किलोमिटर निर्माणका लागि जिम्मेवारी प्रदान गरिएकोमा सर्भे पश्चात् १०.५१ किलोमिटर कायम भई २०७७ माघ २४ गतेदेखि निर्माण कार्य सुरु गरिएको थियो ।

 २०८२/०८३ मा योजना सम्पन्न गर्ने प्रस्तावित लक्ष्य अनुसार नै निर्माण कार्य सम्पन्न गर्न रक्षा मन्त्री राईले निर्देशन समेत दिनुभएको सचिवालयले जनाएको छ । आयोजनाको कुल सुरु लागत ६२ करोड ९० लाख रहेको जनाइएको छ ।