दुर्गा प्रसाईं रिहा, तस्करसँगको लडाई जारी राख्ने जिकिर

साझा प्रेस
50
Shares

सर्वोच्च अदालतको आदेशपछि दुर्गा प्रसाईंलाई प्रहरीले रिहा गरेको छ । मेडिकल व्यवसायी समेत रहेका प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतबाट शुक्रबार साँझ रिहा गरिएको हो ।

रिहा भए लगत्तै उनले संचारकर्मीहरुसँग कुराकानी गर्दै आफुले न्याय पाएकोमा अदालत प्रति कृतज्ञ रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘अदालतले मलाई न्याय दिएको छ । सम्पूर्ण साइबर परिवारलाई धन्यवाद ।’ उनले आफू हिरासतमा हुँदा प्रहरीले परिवारको व्यवहार गरेको पनि बताए ।

संचारकर्मीसँगको कुराकानीका क्रममा उनले तस्करहरू विरुद्धको लडाईं अझै जारी राख्ने बताए । उनले छाल आउने बेलामा समुन्द्र पनि शान्त हुन्छ भन्दै तस्करहरूसँग लडाइँले अब नयाँ उचाई लिने बताए ।

प्रसाईंलाई साइबर अपराधको कसुरमा पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।

व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।