नेकपा एमालेले उपनिर्वाचनको परिमाणलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । एमाले केन्द्रीय कार्यालय, च्यासलमा मंगलबार सम्पन्न केन्द्रिय सचिवालय बैठकले उपनिर्वाचनबाट थप उपलब्धि हासिल भएता पनि परिणामलाई गम्भिरतापुर्वक छलफल र समिक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
उपनिर्वाचनमा नेकपा एमालेले एउटा अध्यक्ष दुईवटा उपाध्यक्षसहित समग्रमा आठ स्थानमा जित हासिल गरेपनि किर्तीपुर नगपालिका, त्यहाँका वडा र काठमाडौँ महानगरपालिका–१६ मा अपेक्षा गरे अनुसार परिणाम नआएको प्रति एमालेको ध्यान केन्द्रित भएको एमाले उप महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उपनिर्वाचनको परिमाणले सहरी जनमतसँग पार्टीलाई जोड्दै लैजाने बैठकले निष्कर्ष निकालेको उनले बताए । उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जाल दुरूपयोग गरी भ्रम सिर्जना गर्ने कुराको पार्टी पङ्क्तिलाई प्रतिवाद गर्न आग्रह गरे ।
बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । “फ्रेमवर्क फर बिआरआई कर्पोरेशन ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा भएका सम्झौता नेपालको दीर्घकालिन विकासका लागि महत्त्वपूर्ण उपलब्धि हो,” नेता ज्ञवालीले भने, “सत्तामा रहेका दुई पार्टीबीचमा जुन खालको समझदारी भएको छ । त्यसले बिआरआईलाई निष्कर्षमा पु¥याउन भूमिका खेलेको छ ।”
उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालको दुरूपयोग गर्दै ‘मिस र डिसइन्फरमेशन’ को माध्यमबाट राजनीतिक दलका नेताको चरित्र हत्या, जनतामा भ्रम र निराशा फैलाउने सिर्जना गर्ने र सामाजिक सद्भावलाई खलवल्याउनेजस्ता गतिविधि उचित नभएको भन्दै त्यस्ता खालका गलत कुराको पार्टी पक्तिले खण्डन गर्न आग्रह गरिएको बताए ।
प्रतिक्रिया