राष्ट्रपति पौडेल अस्पताल भर्ना

साझा प्रेस
250
Shares

राष्ट्रपति रामचन्द्र पौडेललाई प्रोस्टेट सम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनलाई उपचारार्थ आज बुधबार विहान शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङले जानकारी दिए ।