प्रधानमन्त्री ओलीलाई बेईजिङमा भव्य स्वागत

साझा प्रेस
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा भव्य स्वागत गरिएको छ । चीनको बेईजिङस्थित क्यापिटल अन्र्तराष्ट्रिय विमानस्थलमा चीनका वैदेशिक मामिलाका उपमन्त्री सन बेईदोङले स्वागत गरेका हुन् ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सहितको टोली आज बिहान ११ बजे चार दिने औपचारीक भ्रमणका लागि चीन पुगेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ ।