थाङ्का बनाएरै जिविकोपार्जन

साझा प्रेस
50
Shares

विगत २० वर्षदेखि थाङ्का बनाउने पेशलाई अँगालेका सुनसरीका राजकुमार विष्ट अहिले बार्षिक १५ लाखसम्मको आम्दानी गर्न थालेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका विष्टले बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर वार्षिक १५ लाख आर्जन गर्दै आएका हुन् ।

उनका अनुसार बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकला थाङ्का हो । यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ । उनले बनाएका धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ । स्थानिय स्तरमा भन्दा पनि काठमाडौँका साथै चीनको तिब्बत, हङकङ, , सिङ्गापुर, अमेरिकालगायत देशमा समेत उनले आफ्नो चित्रकला बिक्री गर्दै आएका छन् ।

उनको यो व्यवसायमा १० जनाले रोजगारी समेत पाएका छन् । एउटा थाङ्का चित्र बनाएर पहिलोपटक रु ५० हजारमा बिक्री गरे पछि व्यवसायिक रुपमा काम थालेका उनले रु चार हजारदेखि रु पाँच लाखसम्मका थाङ्का बिक्री गर्दै आएका छन् ।