चीन भ्रमणका बारेमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

साझा प्रेस
50
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे आधिकारीक निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा साँझ ५ बजेका लागि बोलाईएको बैठकमा चीन भ्रमणका बारेमा एजेण्डा सहित छलफल हुने बताईएको छ ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते ४० सदस्यिय टोली सहित चीन भ्रमण जाने तयारीमा छन् ।

त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदैछिन् । मन्त्री राणाले शुक्रबार (मंसिर १४) चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ ।

भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।