रवि लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराईने

साझा प्रेस
50
Shares
फाईल तस्विर

सहकारी गठी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई आज पुनः म्याद थपका लागि अदालत उपस्थित गराईने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ ।

गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराउन लागिएको हो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।