सरकारद्वारा शारीरिक सुगठनका खेलाडी सम्मानित

साझा प्रेस
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक सुगठनलाई खेलकुदका रुपमा विकास गर्न सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा सगठन खेलाडीहरुलाई सम्मान गर्न राखिएको कार्यक्रममा बोल्दै उनले सुगठनलाई खेलकुदका रुपमा विकास गर्न पर्याप्त सम्भावना रहेको समेत औल्याए ।

कार्यक्रममा हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ । विभिन्न तौल समूहमा पदक जितेर देशको गरिमा बढाएका रुपेश शाही, प्रज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीलाई प्रधानमन्त्री निवासमा सम्मान गरिएको हो ।

नेपाल शारीरिक सुुगठन महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले यो खेलका माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग हुने भएकाले यो खेलको विकासका निम्ति सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।