स्थानिय तह निर्वाचन २०८१

ओखलढुंगामा एमालेले काँग्रेसलाई जिसस प्रमुखमा सहयोग गर्ने

साझा प्रेस
100
Shares

जिल्लाको स्थानिय तहमा काँग्रेसको बर्चस्व रहेपछि नेकपा एमालले ओखलढुंगामा जिल्ला समन्वय समिति प्रमुखमा उम्मेद्धारी नदिने भएको छ ।

नेकपा एमालेको उम्मेद्वारी नपर्ने भएपश्चात नेपाली काँग्रेस, ओखलढुंगाका तर्फबाट टेकराज भट्टराईलाई समन्वय प्रमुखको उम्मद्वार बनाएको छ । तत्कालिन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा कांग्रेसलाई सहयोग गर्दै एमालेले उम्मेद्वार नउठाउने भएको हो ।

ओखलढुंगाको ८ स्थानीय तहमा कांग्रेसको तर्फबाट ५ पालिका प्रमुख र ४ उपप्रमुख गरी ९ जनाले जितेका छन् । एमालेले १ पालिका अध्यक्ष, ४ उपसहित ५, माओवादीले १ अध्यक्ष र जसपाले १ अध्यक्ष जितेका छन् ।

उनको विरुद्ध अन्य उम्मेद्वारी नपरेपछि कांग्रेस उम्मेदवार भट्टराई सर्वसम्मत साढे २ वर्ष जिसस प्रमुख बन्ने पक्कापक्की भएको छ ।

जिसस प्रमुख बाहेक अन्य स्थानमा भने नेकपा एमालेले अन्य पार्टीसँग गठबन्धन नगर्ने पार्टी जिल्ला कमिटि उपाध्यक्ष कमलप्रसाद न्यौपानेले स्पष्ट पारे । ओखलढुंगाको मोलुङ ५ मा वडा रिक्त रहेको वडा अध्यक्ष पदमा एमालेका गंगाबहादुर तामाङ र कांग्रेसका घनश्याम दाहाल मुख्य प्रतिस्पर्धी बनेका छन् । यो वडामा राप्रपा र राश्वपाले पनि उम्मेदवार उठाउने तयारी गरेका छन् ।