मन्त्री नै व्यस्त भएपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

साझा प्रेस
0
Shares

परराष्ट्र मन्त्री नै व्यस्त भएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ ।

आइतबारका लागि तय भएको बैठक परराष्ट्रमन्त्री आरजु राणा देउवाको व्यस्तताका कारण अनिश्चितकालका लागि स्थगित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्ने कार्यसूची रहेको थियो ।

परराष्ट्रमन्त्री राणा काँग्रेस सभापति शेरबहादुर देउवाको साथमा सुदुरपश्चिम भ्रमणमा रहेको तथा पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोरले बताए ।

बैठकको अर्को मिति तय भइसकेको छन् ।