नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र फोहोरको थुप्रो बढ्दै गएको जिकिर गरेका छन् । उनले यस्ता फोहोरको थुप्रो अब सफा गर्ने बेला आएकोले यसका लागि लागि पर्ने बताए ।
सिन्धुपाल्चोकमा बिपी अध्ययन केन्द्रको भवन उद्घाटन तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका साथमा सिन्धुपाल्चोकका पूर्व सभापतिद्वय स्व. रोहिणीराज सिग्देल र स्व. विकास लामाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो धारणा व्यक्त गरको हुन् ।
थापाले सबै नेता तथा कार्यकर्ताहरूलाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रह समेत गरे । हरेक गाउँ टोलसम्मै पार्टीभित्र चरम गुटबन्दी रहेको बताउँदै महामन्त्री थापाले गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जाने निश्चित रहेको दावि समेत गरेका छन् ।
प्रतिक्रिया