नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न पार्टीको ११ औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई एक सय ८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएका हुन् । जितका लागि बरालले तीन सय ८१ मत प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्षमा उदयबहादुर राई, सचिवमा रामप्रसाद सुवेदी (रविन्द्र) निर्वाचित भएका छन् । पार्टीको उपसचिव (खुला) मा रमेश राई, उपसचिव (महिला) मा दिलकुमारी लिम्बू निर्वाचित भए ।
बिहीबारदेखि सुरु भएको अधिवेशनमा जिल्लाका ८१ वटा, २१ जनसङ्गठन र पेसागत सङ्गठन, तीन इलाका शाखा एउटा विशेष वडा कमिटीबाट चयन भएका पाँच सय ८७ प्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया