नेकपा एमालेले मंशिर ७ गते काठमाण्डौमा जागरण सभा गर्ने भएको छ ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरूद्ध तथा लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ एमालेले जागरण सभा गर्न लागेको हो ।
यसै बिषयमा जानकारी दिन नेकपा एमालेले शुक्रबार बृहत पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी कार्यालय च्यासलमा हुने पत्रकार सम्मेलनमा पार्टीका महासचिव शंकर पोखरेलले अझ स्पष्ट पार्ने कार्यक्रम रहेको नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया