राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता भएको छ ।
सहकारी गठीको आरोप लागेका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरी हाल अनुसन्धानका लागि हिरासतमा राखेको अवस्थामा उनलाई थप बयान तथा अन्य अनुसन्धानका प्रक्रिया पुरा गर्न अदालतद्धारा म्याद थप हुँदा सोको बिरोधमा सडक प्रदर्शन गरेको भन्दै अवहेलनाको निवेदन दर्ता भएको हो ।
अदालतबाट म्याद थप गरी थुनामा राखिएको घटनामा सडक प्रदर्शन गरेर रास्वपाका केन्द्रीय पदाधिकारीहरुले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गरेका हसन् ।
सर्वोच्च अदालतका सहरजिष्ट्रार एवं प्रवक्ता अच्युत कुईकेलका अनुसार, अदालतको बुधबार आदेशपछि अवहेलनाको निवेदन दर्ता भएको हो ।
सहकारी ठगीको आरोपमा रवि लामिछाने पक्राउ परेपछि रास्वपाका केन्द्रीय पदाधिकारीहरू सहितका कार्यकर्ताले पोखरा, बुटवल, काठमाण्डौ लगायतका स्थानमा प्रदर्शन गर्दै आइरहेका छन् ।
प्रतिक्रिया