नेपाल सरकारले १७ लाख किशोरीहरुलाई निःशुल्क रुपमा पाठेघरमा हुने क्यान्सर विरुद्धको खोप लगाउने भएको छ ।
क्यान्सर दिवसको अवसरमा आगामी माघ २३ देखि फागुन १५ सम्म देशव्यापी शरुपमा खोप अभियान संचालन गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो
हाल मुलुकमा हरेक दिन चार जनाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको तथ्याङ्कले देखाएको छ । यसै विरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलले कार्यभार सम्हालेका दिन नै आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरुको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गरेका थिए ।
आगामी वर्षदेखि नियमित खोप अभियानमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप पनि समावेश गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
सन् २०२२ मुलुकमा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । हरेक वर्ष एक हजार ५०० बालबालिकामा क्यान्सर देखिने गरेको छ ।
प्रतिक्रिया