पुर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा नै राखिने भएको छ ।
म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीले चौथो पटक आज जिल्ला अदालत पुर्याउँदा न्यायाधिस नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन थुनामा नै राखि अनुसन्धान गर्न आदेश दिएको हो ।
लामिछाने माथि सहकारीको रकम अपचलन सम्बन्धि परेको मुद्धा उपर अनुसन्धान गर्न गत कार्तिक २ गते काठमाण्डौबाट पक्राउ गरिएको थियो । पहिलोपटक पक्राउ पछि कात्तिक ४ गते ५ दिन, दोस्रोपटक ७ दिन तथा पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो ।
लामिछाने विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया