अन्र्तराष्ट्रिय स्तरको भ्रमणमा मन्त्रिपरिषद्को स्विकृत नलिएको बिषय बाहिरिएपछि कोशीका एक मन्त्रीले राजिनामा दिएका छन् ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले बुधबार पदबाट राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएको श्रोतले बताएको छ । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
भ्रमणको विषय विवादमा परेपछि नैतिकताका आधारमा राजीनामा दिएको अधिकारीको भनाई छ ।
प्रतिक्रिया