आज कोशी सहितका केही प्रदेशमा पानी पर्ने


आज कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भुभागमा हल्का देखि मध्यम बर्षा तथा सामान्य हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम बिज्ञान विभागले जनाएको छ ।

देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको ठाउँमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक÷आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन समेत महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै आज राति पनि देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।