साफ वुमन्स च्याम्पियनसिप २०२४ मा आफ्नो दोश्रो खेल नेपालले माल्दिभ्ससँग खेल्दै छ । दशरथ रंगशाला, त्रिपुरेश्वरमा साँझ साढे ५ बज शुरु हुने खेलमा समूह बी को दोश्रो खेल खेल्न लागेको हो ।
आफ्नो पहिलो खेलमा भुटानसँग बराबरीमा रोकिनु परेको नेपालका लागि आज जित निकाल्ने सम्भावना बलियो बनेको छ । फ्रान्समा लिग खेलिरहेकी नेपाल की मुख्य फरवार्ड एवं गोल मेसिनका रुपमा परिचित सावित्रा भण्डारी साम्बा नेपाली टिममा संलग्न हुदै छिन् । उनि प्रतियोगिताका लागि आईतबार नेपाल आई पुगेकी छिन् ।
भुटान बिरुद्धको खेलमा नेपालका लागि साम्बाका अनुपस्थितीका साथमा दुुई खेलाडी घाईते हुनु नै दुर्भाग्यपुर्ण बन्न पुग्यो । भुटान बिरुद्धको यसअघिको सबै खेलमा जित हासिल गर्दै आएको नेपालले साफको पहिलो खेलमा अंक बाड्न बाध्य बन्यो ।
भुटान विरुद्ध घाइते हुँदै मैदान छाडेका डिफेण्डर हिरा भुजेल र मिडफिल्डर दीपा शाहीको घुँडाको एसिएलमा चोट रहेकोले उनीहरुले साफको बाँकी खेल गुमाउनेछन् ।
आइतबार प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले साम्बाले खेल्न चाहे पहिलो रोजाइमा खेलाउन सकिने र आराम चाहे आराम गर्ने प्रतिक्रिया दिएका थिए । साम्बाको आगमनले नेपाली टिम र समर्थकको पनि मनोबल बढेको छ ।
दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरकको रुपमा रहेकी साम्बाले युरोपमा लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी छिन् । उनले नेपालक लागि ४६ खेलमा सर्वाधिक ५३ गोल गरेकी छन् ।
माल्दिभ्सविरुद्ध खेल्दा नेपाललाई जित आवश्यक छ । समूह बी मा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको थियो ।
आजै श्रीलंका र भुटानबीच दिउँसो साढे १ बजे खेल हुनेछ ।
प्रतिक्रिया