पार्टीलाई जग्गादानका बिषयमा फरक धारणा राख्ने नेताहरुलाई नेकपा एमालेले स्पष्टीकरण सोध्ने भएको छ ।
आईतबार बसेको नेकपा एमाले केन्द्रिय सचिवालय बैठकले पुर्व उपाध्यक्ष भीम रावल सहितका तीन जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बैठकले नेता रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उनीहरूलाई एमाले केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
प्रतिक्रिया