सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने पक्राउ

साझा प्रेस
100
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरी कास्की तर्फ लगेको छ । लामिछानेलाई पार्टी कार्यालय बनस्थलीबाट सीआइबीको टोलीले पक्राउ गरेको हो ।

रविलाई पक्राउ गर्न सीआईबीका एस.पी हविन्द्र बोगटीको जम्बो टोली रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति भए पनि उनीहरुले कुनै अवरोध गरेनन् ।

प्रहरीले नियन्त्रणमा लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गरे ।

तर यो सरकार बनाउने निर्णय भएको थियो, त्यो दिनमा आफूलाई जसरी पनि पक्राउ गर्ने तय भएको भन्दै उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु । तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु ।’

उनले राज्यको दादागिरी डटेर सामाना गर्ने साहस मिलोस् भन्ने कामना समेत गरे ।