साफ वुमन्स च्याम्पियनसिप–२०२४ मा नेपालले आज भुटानको सामना गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुने खेलमा नेपालले आफ्नो प्रमुख खेलाडी भने गुमाएको छ । चर्चित एवं मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ विना नै नेपालले भुटान बिरुद्ध खेल्नेछ ।
गोल मेसिनमा रुपमा परिचित साम्बा अहिले फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले उनले पहिलो खेल गुमाउने भएकी हुन् । यसअघि साफ च्याम्पियनसिपमा भुटानसँग खेलेको हरेक खेलमा सावित्राले गोल गरेकी थिइन् । नेपालका लागि ४६ खेल खेल्दै सावित्राले सर्वाधिक ५३ गोल गरेकी छन् ।
साफमा नेपालले भुटान विरुद्ध अहिलेसम्म कुनै गोल खाएको छैन भने २३ गोल गरेको छ ।
पछिल्लो पटक २०२२ मा काठमाडौंमै भएको साफमा भुटानले पहिलो पटक सेमिफाइनल पुगेर इतिहास रचेको थियो । भुटानले त्यही प्रदर्शनलाई दोहो¥याउने लक्ष्य राखेको छ ।
आजै समूह बी को पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि दशरथ रंगशालामै दिउँसो १ बजे सुरु हुनेछ । दुवै टोलीका लागि यो खेलको नतिजा महत्वपूर्ण हुनेछ । किनकी यस खेलको नतिजाबाट सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्न सक्छ ।
प्रतिक्रिया