डडेल्धुरामा बस दुर्घटनामा मृतकहरूको पहिचान खुलेको छ । डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बस दुर्घटनामा परि घाइते भएका ४ जनाकै पहिचान खुलेको हो ।
महेन्द्रनगरदेखि बैतडी जाँदै गरेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस दुर्घटनामा परि ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले बताए ।
उनका अनुसार पुर्चौडी नगरपालिका–३ का २२ वर्षीय सहदेव बोहरा, २० वर्षीय कमला बोहरा, उनका नाबालक छोरा र पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीय जयमती बोहराको मृत्यु भएको छ । बस दुर्घटनामा १२ जना घाइते भएका छन् ।
घाइते हुनेमा पुचौर्डी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं ६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नं. ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक वीरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी रहेका छन् ।
यसै गरी, पुर्चौडी नगरपालिकाकै वडा नं.१० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, वडा नं। ५ की ६५ वर्षीय धनमती साउँद, डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा घाइते भएका छन् ।
घाइतेहरूको डडेल्धुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया