शान्ति सेना माथि भएको आक्रमणको नेपालद्धारा निन्दा

साझा प्रेस
0
Shares

लेबनानमा तैनाथ शान्ति सेना माथि ईजरायलले गरेको आक्रमणको नेपालले निन्दा गरेको छ ।

सामाजिक सञ्जाल मार्फत परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना आइतबार जबर्जस्ती प्रवेश गरेका थिए । यस घटनाले शान्ति सेना र इजरायली सेनाबीच तनाव बढेको थियो । त्यसको भोलिपल्ट इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक समेत घाइते भएका थिए ।