बिराटनगरमा भारतबाट आउने कार्गो रेल पुनः संचालनमा आएको छैन ।
करिब डेढ बर्षअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतिय समकक्षि नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेको रेल सेवा एक पटक संचालन भएपछि बन्द भएको थियो ।
रेल मार्फत मालसामान ढुवानीमा सहजता आएपनि धेरै नै महंगो पर्ने भएकाले रेल मार्फत मालसामान ढुवानी गर्न नसकिएको नेपालका उद्योगी तथा व्यापारीहरुले बताएका छन् ।
भारतको सीमावर्ती बथनाह रेल स्टेसनदेखि विराटनगरको आइसीपीसम्म सञ्चालनका लागि कार्गो रेल उद्घाटन भएको भए पनि उद्घाटन भएपछि दोस्रो पटक कार्गो रेल आइसीपीमा आउन सकेको छैन ।
भारतीय कस्टम यार्डबाट ट्रकमा नेपाल सामान ल्याउनु भन्दा कार्गो रेलमा माल बस्तु ढुवानी गर्न महँगो भएकाले कार्गो रेलमा सामान ल्याउन नसकिएको उद्योगीहरू बताउँछन् ।
आइसीपीमा रहेको नेपाल कस्टम यार्डबाट माल वस्तु आयात गर्दा इन्डियन कस्टम यार्डको तुलनामा प्रतिटन ६४ देखि २०० रुपैयाँसम्म महँगो पर्ने उद्योगीहरुले बताए ।
प्रतिक्रिया