बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्ग १४ दिनपछि खुलेको छ । गत असोज ११ र १२ गतेको भिषण बर्षापछिको बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको सो सडक खण्ड शुक्रबार एकतर्फि संचालनमा आएको हो ।
पुर्वलाई काठ्माण्डौसँग जोड्ने छोटो राजमार्गको रुपमा बिकास गरी संचालनमा रहेको सो सडक अबरुद्ध बनेपछि दशैंको बेलामा आवतजावत गर्नेहरु कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।
पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्ग नेपाली सेनासहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाले अहोरात्र खटिएर एकतर्फी खुलाउन सफल भएका हुन् ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी– ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो ।
राजमार्गको सडक, पुल र कल्भर्टहरु बगेको ठाउँमा अस्थायी संरचना निर्माण गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडादेखि काभ्रेको सिमानासम्मको २१ किलोमिटर सडक खण्डको १४ वटा स्थानमा ८ किलोमिटर सडक पूर्णरुपमा क्षति गराएको थियो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बीपी राजमार्ग निर्माण गरी २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
हाल उक्त सडक अबरुद्ध बनेपछि पुर्व जाने यात्रुवाहक सवारी साधनहरु २० घण्टाभन्दा बढी समय लगाएर संचालनमा छन् ।
प्रतिक्रिया