अमेरिकाको फ्लोरिडामा बिगत केही दिनदेखि भयानक स्थिती श्रृजना गरिरहेको मिल्टन आँधीले ३० लाख बढी घर तथा उद्योगहरुमा बिद्युत सेवा बन्द भएको छ भने सयौंको मृत्यु तथा बेपत्ता भएको खबर आईरहेका छन् ।
बिबिसी तथा सिएनएनका अनुसार उत्तरी एट्लान्टिकमा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी आएको अमेरिकी मौषमबिद्हरुले जनाएका छन् ।
आँधीका कारण १६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । बाढी र तीव्र हावाका कारण फ्लोरिडाका ३० लाखभन्दा बढी घर र पसलहरू विद्युतविहीन छन् ।
आँधी तटीय क्षेत्रमा पुग्नुअघि नै करिब १२५ घरमा क्षति पुगेको थियो । यद्यपि, तीमध्ये अधिकांश अस्थायी घरहरू रहेको बिबिसीले जनाएको छ ।
आँधी पिडित फ्लोरिडा तथा आसपासका क्षेत्रमा रहेका केही सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढीका कारण पानी विषाक्त भएको भन्दै यसबाट बच्न सरकारी अधिकारीहरूले सचेत गराएका छन् ।
बीबीसीका अनुसार सरकारी अधिकारीहरूले यो आँधी थप घातक हुनसक्ने र तीव्र हावाले अचानक बाढी आउन सक्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया