मंगलबार भएको खेलमा माल्दिभ्सलाई ३–० को साझो सेटमा पराजित गर्दै नेपालले प्रतियोगिताको दोश्रो जित हासिल गरेको छ । नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल माल्दिभ्सलाई हराएको हो ।
यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । तर, दोस्रो खेलमा भने उज्वेकिस्तानसँग ३–१ ले पराजित भएको थियो ।
असोज २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगितामा नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ ।
प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।
प्रतिक्रिया