काठ्माण्डौवासीले मेलम्चीको पानी प्रयोग गर्न थालेका छन् । मंगलबार खानेपानी मन्त्री प्रदीप यादवले काठमाण्डौमा पानी वितरण कार्यक्रमको शुरुवात गरेका हुन् ।
मन्त्री यादवले सुन्दरीजलमा रहेको मेलम्ची खोलाको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण शुरु गरेका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए ।
खानेपानीमन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको बार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि मंगलबार मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो । मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेको थियो ।
वर्षा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो ।
२०७८ साल असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति पुर्याएपछि काठमाडौँ उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ ।
प्रतिक्रिया