ठुलो बिमान चढ्न अब वाह्य देश नै जान नपर्ने भएको छ । नेपाल वायुसेवा निगमले वडदशैंलाई लक्षित गर्दै न्यारोबडी जडाजबाट काठमाण्डौ–भैरहवा उडान गर्ने भए यात्रुहरु उत्साहित हुँदै एकदिनमा सबै टिक किनी सकेका छन् ।
बिगतमा वाह्य देश जानेले मात्र ठुलो जहाज चढ्न पाउने सोचमा रहेका यात्रुहरुलाई यसपटक नेवानीले उपहार नै दिएको छ ।
बर्षातका कारण मुख्य राजमार्ग तथा अन्य सहायक सडकहरुमा क्षति पुगि समस्या झेलि रहेका यात्रुहरुलाई हवाई टिकट समेत सहज रुपमा प्राप्त भईरहेको थिएन । निजी कम्पनीको २ दर्जन हाराहारीमा रहेका आन्तरीक तर्फ उडान गर्ने जहाजको टिकट समेत अग्रिम बुकिङ भइसकेको अवस्थामा नेवानीले न्यारोबडीले आन्तरीक उडान गर्ने भएपछि सम्पुर्ण टिकट एकै दिनमा बिक्री भएको नेवानीका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।
काठमाडौं–भैरहवा रुटमा १५८ सिट नै बिक्री भएको र भैरहवा–काठमाडौं रुटका लागि भने टिकट बाँकी रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया