नेपाल सरकारका तीन जना मन्त्रीले बाढी पहिरो प्रभावित सिन्धुलिको खुर्कोट बजार तथा सिन्धुली–रामेछाप जोेड्ने पुलको अवलोकन गरेका छन् ।
आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा रक्षामन्त्री मानवीर राईसहितको टोली खुर्कोटमा पुगेको हो ।
गत असोज १२ र १३ मा आएको वर्षाका कारण वीपी राजमार्ग अवरुद्ध भएको १० दिनपछि मन्त्रीहरु आफै स्थलगत निरिक्षणमा निस्किएका हुन् ।
उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका छन् । रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ । उनीहरूले सो कामको निरीक्षण समेत गरेका छन् ।
प्रतिक्रिया