असोज १२ गतेको बाढि पहिरो पिडितहरुको राहत तथा उद्धारका लागि सरकारलाई सहयोग प्राप्त हुने क्रम जारी छ ।
नेपाल सरकारले आफ्नो तर्फबाट बिभिन्न क्षेत्रमा राहत उपलब्ध गराउँदै आएको अवस्थामा निजी तथा राजनैतिक क्षेत्रबाट समेत आर्थिक सहयोग प्राप्त हुन थालेका छन् ।
आईबार राति प्रधानमन्त्री केपि शर्मा ओलीको आधिकारीक फेसबुक पेज मार्फत सत्ता साझेदार नेपाली काँग्रेस तथा नेकपा एमालेबाट बाढी पहिरो पीडितहरुको राहत र उद्धारका लागि ५०/५० लाख रुपैयाँ उद्धार कोषमा प्रदान गरेको जानकारी गराईएको छ ।
राहत सहयोग प्राप्त भए पश्चात प्रधानमन्त्री ओलिले राष्ट्रको विपत्तिमा साथ दिएकोमा दुबै पार्टी लगायत विभिन्न संघ संस्थालाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया