अखिल क्रान्तिकारीको सम्मेलनले सार्थकता पाउला त?

साझा प्रेस
50
Shares

अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन मंसिर २३ र २४ गते पुनः मिति तोकिएको छ । यसअघि बिबाद उत्पन्न भई स्थगित हुन पुगेको राष्ट्रिय सम्मेलनको पुनः मिति तोकिएको हो ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलनको मिति अध्यक्ष मण्डलको बैठकले तोकेको हो ।

अध्यक्ष मण्डलद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ – ‘आज मिति २०८१असोज १९ गते अध्यक्ष मण्डलको बैठक बसी संगठनको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया पुरा गर्न आगामी २०८१ मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय गरिएको छ ।’

यसअघि सो संगठनको निर्वाचन दसैँ–तिहारपछि राख्न निर्वाचन समितिले पत्राचार गरेको थियो ।