घट्यो हवाई भाडा तर राहत मिलेन

हवाई भाडादर घट्यो, अधिकतम २ सय ६५ छुट

साझा प्रेस
0
Shares

नेपाल आयल निगमले हवाई ईन्धनको मुल्य घटाएसँगै वायुसेवा कम्पनीहरुले आन्तरिक तर्फ हवाई भाडा घटाएका छन् । निगमले प्रतिलिटर ६ रुपैंयाले मुल्य घटाएपछि हवाई भाडा समेत घटाईएको हो ।

निगमले हवाई ईन्धनको मुल्य १ सय ३२ रुपैंयाबाट घटाएर १ सय २६ रुपैंया कायम गरेको छ । वायुसेवा कम्पनीहरुले सार्वजानिक गरेको नयाँ भाडादर अनुसार अधिकतम २ सय ६५ रुपैंयासम्म कम भएको छ । जसमा भैरहवा–भद्रपुर, जनकपुर–नेपालगञ्ज, काठमाण्डौ–धनगढीको भाडा अधिकतम २ सय ६५ रुपैंयासम्म घटेको पाईएको छ ।

अन्य बिमानस्थलमा हुने उडानहरुमा पनि भाडादर केही घटाईएको छ । तथापि हवाई ईन्धनमा मुल्य घटेसँगै टिकट भाडादर कम गराईए पनि यात्रुहरुले यसको महशुस गर्न नपाएको गुनासो गरेका छन् । अधिकांश यात्रुहरुले वायुसेवा कम्पनीले भाडादर घटाएको देखाएर हात्तिको मुखमा जिरा जस्तै भएको प्रतिक्रिया दिएका छन् ।

बर्षातसँगै बाढी पहिरोको कहर खेपि रहेका आम नागरिक दशैंको मुखमा आफ्नो गृह जिल्ला फर्कने तथा काठमाण्डौ आउन चाहने यात्रुहरुलाई अहिले हवाई उडान नै बिकल्पको रुपमा रहेको छ । तर यस्तो अवस्थामा पनि हवाई भाडामा न्युन छुटले केही अर्थ नराख्ने उनिहरुको भनाई छ ।