हामी पत्रकारिताको डिजिटल युगमा छौं । छापाबाट कष्टकर यात्रा सुरु भएको पत्रकारिता समयको तिव्रतम् विकासक्रमसँगै रेडियो, टेलिभिजन, अनलाइन पत्रकारिता हुँदै इन्टरनेटको युगसम्म आएको छ । इन्टरनेट प्रविधिबाट सञ्चालित अनलाइन मिडियाले विश्वलाई साँघुरो बनाएको छ । ताजा खबर एकैछिनमा एकैपटक विश्वभर फैलिने अवस्था छ । छिटो, छरितो र सहजै सूचना सम्प्रेषण गर्न सक्ने भएकै कारण डिजिटल पत्रकारिताको महत्व र आवश्यकता बढेको छ ।
अनलाइन मिडियाको विश्वसनियता र निष्पक्षतामा पाठकका अनेकन प्रश्नहरु छन् । अनलाइन मिडिया सञ्चालनमा जति सम्भावना र अवसरहरु छन् त्यो भन्दा धेरै समस्या र थुप्रै चुनौति पनि छन् । यद्यपि नयाँ नयाँ अनलाइन खुल्ने क्रम बढ्दो छ ।
यस्तै यात्रामा यात्री हुन अनि केही नयाँ प्रयोगलाई नयाँ ढंगबाट तपाई माझ उजागर गर्न हामीले पनि एउटा पाईला अगाडी सारेका छौं । हामीले पनि ताजा, तथ्य र खोजमुलक समाचार सामाग्री पस्कने प्रण गर्दै यहाँहरु माझ साझाप्रेस डटकम शुभारम्भ गरेका छौं ।
साझा प्रेस पृथक पहिचान बनाएका स्थापित पत्रकारहरुबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । हामीलाई पुष्टि नभएका र तथ्य नभेटिएका सूचना सम्प्रेषण गर्ने हतार छैन, हामीलाई कसैलाई हिरो वा कसैलाई जिरो बनाउनु पर्ने बाध्यता पनि छैन, कसैको व्यक्तिगत, व्यवसायिक र राजनीतिक स्वार्थमा बोल्नु वा लेख्नु छैन । घटनाक्रमको ताजा जानकारी, विश्लेषणसहित खोज स्टोरीसहित सत्यतथ्यमा आधारित भएर खबर प्रवाह गर्नेछौं ।
साझा प्रेसले समग्र विषयमा कमल चलाउनेछ । त्यसमा पनि सामाजिक, राजनीतिक, पर्यटन, वन वातावरण, स्वास्थ्य र स्थानीय तह केन्द्रीत विषयलाई प्राथमिकता दिईनेछ ।
हामी राम्रो देखे प्रशंसा र खराब देखे प्रश्न गर्छौ ।
पत्रकारिताको धर्म, पेसागत मर्यादा र समाचार स्रोतको गोपनीयता प्रति हामी सचेत छौं । हामीलाई सचेतता प्रदान गर्न तपाईं पाठकहरुको पनि उत्तिकै भूमिका अपेक्षा गर्दछौं ।
नुतन श्रेष्ठ
सम्पादक
प्रतिक्रिया