दक्षिण कोरियाली कडा सिमा सुरक्षा पार गरेर उत्तर कोरिया तर्फ भाग्न खोज्ने एकजनालाई दक्षिण कोरियालि प्रहरीले पक्राउ गरेको छ । ती ब्यक्ति चोरीको बसमा उत्तरतर्फ भाग्ने प्रयास गरिरहेका प्रहरीले जनाएको छ ।
ती व्यक्तिलाई प्रहरीले दुई कोरियालाई छुट्याउने सिमानाको पुलमा समातको थियो । ७० वर्षअघि कोरियाली प्रायद्वीप विभाजित भएदेखि करिब ३४,००० उत्तर कोरियालीहरू दक्षिणतिर भागेका भए पनि उत्तर कोरियातिर फर्कन खोज्नेहरू विरलै छन् ।
दक्षिण कोरियाली मिडियाका अनुसार ३० वर्षका ती व्यक्तिले दक्षिण कोरियामा ज्यादै कठिनाइ भोग्नु परेपछि आफू घर फर्कन चाहेको प्रहरीलाई बताएका छन् । उनले करिब एक दशकअघि उत्तर कोरिया छोडेको बताइएको छ ।
दक्षिण कोरियाको कानूनले देश छोड्नेहरू लगायतका नागरिकहरूलाई सरकारी अनुमति बिना उत्तरतर्फको सीमा पार गर्न निषेध गरेको छ । तर उत्तर कोरियाबाट भागेर दक्षिणमा आउनेहरूलाई स्वतः नागरिकता दिइन्छ । यदि बिना अनुमति सिमा पार गर्दा दोषी प्रमाणित भएमा दश वर्षसम्म जेल सजाय हुन सक्ने कानुन रहेको छ ।
एजेन्सी
प्रतिक्रिया