बाढी पहिरो पीडितलाई राष्ट्रपतिले १ महिनाको तलब दिने


राष्ट्रपति रामचन्द्र पौडेलले बाढीपहिरोबाट पीडितहरूको राहतका लागि सहयोग गर्ने भएका छन्।

पीडितहरूको राहतको लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहत कोषमा राष्ट्रपतिले आफ्नो एक महिनाको तलब र सुविधाबराबरको रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

यसैगरी, राष्ट्रपति पौडेलका विज्ञ सल्लाहकारहरूले एक हप्ताको तलब सुविधा जम्मा गर्ने भएका छन्।