प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत अनुमोदित

साझा प्रेस
0
Shares

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सर्वसम्मत अनुमोदन भएका छन्। बुधबार संसदीय सुनुवाइ समितिले राउतलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो।

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो। उनी सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हुन्। अब राष्ट्रपतिले उनलाई देशको न्यायपालिका प्रमुखमा नियुक्त गर्नेछन्।

असोज २० गतेबाट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अवकाश पाएपछि उनले कार्यभार सम्हाल्नेछन्। उनी २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन्।