हामी पर्यटनलाई हिमालसँग मात्र जोडेर चित्रण गरिरहेका हुन्छौं । तथापि यसका लागि हामीले अलि खुल्ला रुपमा आफ्नै वरपर, घरगाउँ, मठमन्दिर, बनजंगल, पाखा पखेरा, ताल तलैया, पैदल माग लगायतलाई नियालेर हेर्न आवश्यक देखिन्छ ।
हामीले पर्यटक ल्याउन हिमाल नै चाहिन्छ भन्ने भ्रमबाट मुक्त हुन आवश्यक छ । त्यस्तै पर्यटक भन्ने साथै बिदेशीमुलका नागरिकहरुलाई मात्र बुझ्ने बानिको बिकासलाई पनि न्युन गरी नेपाल भित्र कै आन्तरिक पर्यटकलाई आफ्नो ठाउँसम्म ल्याउन पहल गर्न ज्यादै आवश्यक छ ।
ग्रामिण पर्यटन कसरी प्रवद्र्धन गर्ने ?
समुदायको संलग्नताः पर्यटन प्रबद्र्धनमा पहिलो भुमिका स्थानिय समुदायको रहने गर्दछ । स्थानिय समुदायले चासो देखाई सक्रियताका साथ पर्यटकिय क्षेत्रको संरक्षण, प्रबद्र्धन तथा प्रचारमा सहयोग पुर्याउने हो भने हामीले सम्भावित पर्यटकिय क्षेत्रमा पर्यटकहरुलाई आकर्षित गर्न सक्दछौं । योजना निर्माण तथा निर्णयमा स्थानीय बासिन्दाहरूलाई संलग्न गराई अगाडी बढेमा हामीले हाम्रो आसपास रहेका पर्यटकिय क्षेत्रमा पर्यटक भित्र्याउन सफल हुने छौं ।
आतिथ्यता एवं प्रशिक्षणः पर्यटनमा सर्वप्रथम आउने एउटा महत्वपुर्ण पाटो हो आतिथ्यता । हामीले हाम्रो पर्यटकिय क्षेत्र भ्रमणका लागि आउने पर्यटकहरुलाई आदरसत्कार सहित उनिहरुको खानपान, बसोबास तथा यात्रामा आउने सक्ने बाधा अड्चनलाई न्युन गरी न्यायो आतिथ्यता प्रदान गर्न सके मात्र उनिहरुले अन्यलाई पनि सो बारे प्रचारप्रसार गरी घुम्न जान प्रेरित गर्नेछन् । त्यसैले अतिथीको स्वागत सत्कारदेखि खानपान, बासोबास सबैको प्रबन्ध मिलाउन सक्ने गरी प्रशिक्षण र सांस्कृतिक जागरूकता सहित पर्यटकहरूसँग कसरी संलग्न हुने भन्ने बारे स्थानीयहरूलाई शिक्षा र तालिम प्रदान गर्नु पर्दछ ।
सांस्कृतिक सम्पदाको प्रवर्द्धनः अद्वितीय परम्परा, चाडपर्व, कला, संस्कृति, दृश्यावलोकन लगायतका क्षेत्रलाई हाइलाइट गर्नुहोस् । स्थानीय कलाकार, पुर्खा लगायतलाई उनीहरूको सिप, शिल्प र प्रतिभा आगन्तुक पर्यटकहरु माझ ल्याउन त्यसका बारेमा बुझाउन प्रोत्सहित गर्नु पर्दछ ।
इको–टुरिजमका पहलहरूः प्राकृतिक ट्रेलहरू, बन तथा वन्यजन्तुको अवलोकन भ्रमण तथा संरक्षणका कार्यक्रम लगायत पर्यावरण–मैत्री पर्यटन विकल्पहरूको प्रवर्द्धन गर्नुपर्दछ । जसले गर्दा प्राकृतिक रुपमा रमाउन चाहने पर्यटकहरु आकर्षित हुने गर्दछन् ।
आगन्तुक सुरक्षाः नयाँ स्थानमा घुमफिर गर्न आएका आगन्तुकहरुलाई उनिहरुको सुरक्षा पहिलो चिन्ता हुन्छ । त्यसैले स्थानिय स्तरबाट नै पर्यटयिक क्षेत्रको सम्पुर्ण जानकारी समेटिने सूचना, नक्सा, सेवा केन्द्र, आपतकालीन सेवाहरू उपलब्ध गराएर आगन्तुकहरूले सुरक्षित महसुस गर्छन् भनेर सुनिश्चित गर्नु पर्दछ ।
संकट व्यवस्थापन योजनाहरूः पर्यटक र बासिन्दा दुवैको सुरक्षा गर्न प्राकृतिक प्रकोप वा स्वास्थ्य आपतकालिन जस्ता सम्भावित संकटहरू सम्हाल्ने योजनाहरू विकास गर्नुपर्दछ ।
स्थानीय पर्यटन विकास एउटा बहुआयामिक प्रयास हो जसमा समुदायको सहभागिता, दिगो अभ्यास र प्रभावकारी मार्केटिङ रणनीति आवश्यक हुन्छ । जीवन्त पर्यटन इकोसिस्टमलाई बढावा दिएर, समुदायहरूले आफ्नो आर्थिक स्थायित्व बढाउन, सांस्कृतिक सम्पदाको संरक्षण गर्न र आगन्तुकहरू र बासिन्दाहरू दुवैका लागि समान रूपमा समृद्ध अनुभवहरू सिर्जना गर्न सक्छन् । सहकार्य र अनुकूलनतालाई जोड दिँदा स्थानीय पर्यटन पहलहरूको दीर्घकालीन सफलता र दिगोपन सुनिश्चित हुनेछ ।
प्रतिक्रिया