अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा नेपाली क्रिकेटरहरुले सुधार गर्न सफल भएका छन् । विश्व बरियतामा नेपाली ३ क्रिकेटरले आफ्नो खेलमा सुधार ल्याउँदै स्थान उक्लन सफल भएका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टि ट्वान्टी अलराउन्डर विश्व वरियतामा ऐतिहासिक छलाङ मारेका छन् । ४ स्थान सुधार गर्दै दीपेन्द्र दोस्रो स्थानमा उक्लेका हुन् । दीपेन्द्र इङ्ग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन भन्दा पछि रहेका छन् । यसअघि दीपेन्द्र छैटौं स्थानमा थिए ।
अलराउन्ड तर्फ नै गुलशन झाको ११ स्थान सुधार हुँदा कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६० औं स्थानमा छन् । ब्याटिङ तर्फको वरियतामा २ स्थान सुधार गर्दै दीपेन्द्र ४३ औं स्थानमा छन् ।
टि ट्वान्टी टिम वरियतामा भने नेपाल १७ औं स्थानमा कायमै रहेको छ ।
प्रतिक्रिया