काठमाडौँ । हृदय रोग सम्बन्धि सेवा अब सबै प्रदेशले पाउने भएको छ । शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले देशका सबै प्रदेशमा आफ्नो सेवा बिस्तार गर्ने घोषणा गरेसँगै मुटु रोग सम्बन्धि सेवा बृहत्तर बन्न लागेको हो ।
केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । बिस्तारको कार्य मन्त्रालयको योजनाअनुसार मन्त्रालय कै समन्वयमा हृदय रोग केन्द्रले बाँकी रहेका ६ वटा प्रदेशका सेवा बिस्तारको कार्य अघि बढाउने छ ।
बैठकमा मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरु मार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत मुटु रोगको उपचार सेवा विस्तारको निर्णय गर्न प्रस्ताव गर्नुभएको थियो । वहाँले यसअघि नै सबै प्रादेशिक अस्पतालहरुमा यसअघि नै क्यान्सर उपचार शुरु भैसकेको भन्दै अब मुटु रोग सम्बन्धि सेवा विस्तारले दुरदराजमा रहेका नागरिकमा सहजता ल्याउने आशा ब्यक्त गर्नुभयो ।
मन्त्रालयले हालै मात्र अर्थ मन्त्रालयको स्वीकृतिपछि जलन उपचार सेवा समेत सबै प्रदेशमा आफ्नै श्रोतमा निःशुल्क रुपमा सञ्चालन गर्ने तयारी अघि बढाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
प्रतिक्रिया